नियम ६२
साझेदारी वनको लगत राख्ने
(१) साझेदारी वनको कार्ययोजना स्वीकृत भएपछि निर्देशनालयले लगत राखी सोको विवरण र एक प्रति कार्ययोजना विभाग र प्रदेश मन्त्रालयमा पठाउनु पर्नेछ।

(२) डिभिजनल वन अधिकृतले साझेदारी वन उपभोक्ता समूहको लगत अचघ्चावधिक गरी राख्नु पर्नेछ र विभागले तयार गरेको साझेदारी वनको डाटाबेसमा प्रविष्ट गर्नु पर्नेछ।